३० कार्तिक २०८३, सोमबार

बिहेबाट घर फर्किदै गर्दा भिरबाट लडेर एकजनाको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १५ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका २ देउरालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५५ वर्षीय माइला थिङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ बिहेमा गएर घर फर्किने समयमा थिङ भिरबाट लडेका थिए ।

भिरबाट करिब १५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।