३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ माघ । मकवानपुरको मनहरी ६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्करले विपरित दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा १५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका तितुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।