
काठमाडौं, १४ माघ । पूर्व अर्थसचिव रामेश्वर खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका छन् ।
उनले बिहीबार सरिता शर्मा पोखरेलसँग विवाह गर्दै नयाँ दाम्पत्य जीवनको सुरू गरेका हुन् ।
खनालकी श्रीमती सुचित्रा खनालको तीन वर्षअघि निधन भएको थियो । एकल जीवन बिताइरहेका खनालले एकल महिला शर्मासँग दाम्पत्य जीवन सुरु गरेका हुन् ।
शर्माको श्रीमान्को १९ वर्षअघि निधन भएको थियो । परिवार र आफन्तको प्रस्तावलाई स्वीकार गर्दै उनीहरुले नयाँ वैवाहिक जीवन सुरु गरेका हुन् ।
खनाल र शर्मा दुवैका एक–एक छोरी छन् ।












प्रतिक्रिया