३० कार्तिक २०८३, सोमबार

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता  सम्बन्धी मुद्दाको सुनुवाइ हुने भएको छ ।

यसअघि ११ माघ बुधबार सर्वोच्चको संवैधानिक इजलासले बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए ।

 रिट निवेदक पक्षको बहस भने सकिएको थियो । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।

रिट निवेदक पक्षका वकिलले लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपुर्‍याएको भन्दै उनी नेपाली नागरिक नभएको बताएका थिए ।

आज दुवैतर्फका वकिलहरूका बहस सकिएपछि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

अमेरिकाको नागरिकता लिएपछि निष्क्रिय भइसकेको लामिछानेको नागरिकतालाई पुनः पक्रिया नपुर्‍याइ प्रयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो ।