१५ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई तराईमा अस्थायी सेल्टर दिन पनि मधेषी नेतृको किन विरोध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarita-giri
काठमाडौं, ३ जेठ । पूर्वमन्त्रीसमेत रहेकी सदभावना पार्टीकी नेतृ सरिता गिरीले देश रोइरहेको बेला राष्ट्रियतामा आँच आउने खालको सनसनिपूर्ण ट्वीट गरेकी छिन् । उनले भूकम्पका कारण विस्थापितलाई तराईमा अस्थायी रुपमा बसोवास गराउने प्रयासलाई महेन्द्रवादी नीति भन्दै आलोचना गरेकी छिन् ।

गिरीले ट्विटरमा लेखेकी छिन्,  ‘भूइँचालोलाई आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ ।’ देश संकटमा रहेको बेला यस्तो ट्वीट गर्दा नेतृ गिरीको समाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । उनको ट्वीटलाई कतिपयले घटिया सोंचको संज्ञा दिएका छन् । गिरीले भने आफ्नो आलोचना गर्नेहरुलाई फुर्सद भएको बेला ट्वीटरबाट ब्लक गर्ने ट्वीट गरेकी छिन् ।

भूकम्पबाट पहाडी तथा हिमाली भेगका कतिपय गाउँ बस्तिबाट उद्धार गरिएकाहरुलाई भुटानी शरणार्थी शिविर र माओवादी लडाकुका शिविरहरुमा राख्ने छलफल चलिरहेको बेला गिरीले यस्तो ट्वीट गरेकी हुन् । तराईबासीहरु भने स्वतस्फुर्त उद्धारमा खटिएका छन् । उता मधेषी नेत्री गिरीले भने यस्तो विरोधाभाषपूर्ण ट्वीट गरेकी छिन्, ‘राहतकार्यमा भईरहेको शिथिलताहेरी निष्कर्ष निकाल्न सकिन्छ, देशमा ठूलो संख्यामा आंतरिक शरणार्थी पैदा गर्ने नीति अनुसार न देखिनेगरी काम भइरहेछ ।’

उनले आफ्नो ट्वीट प्रतिको आलोचना पूर्वाग्रही भएको बताएकी छिन् । उनले आफ्नो ट्वीटले भूइचालो नै ल्याएछ भन्दै अर्को ट्वीट गरेकी छिन् ।