
काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति आफूहरू दोषी रहेको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै गृहमन्त्री लामिछानेले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम रहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री लामिछानेले भनेका छन्ः
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुःख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला ।
यो पनिः
यी कुरा उठाएका थिए प्रेमप्रसादले
संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन












प्रतिक्रिया