३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेशः एमालेबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो, को को बन्दैछन मन्त्री ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ११ माघ । नेकपा एमालेबाट बागमती प्रदेशको चार जना मन्त्रीको नाम टुंगो लागेको छ ।

बुधबार बिहान बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले एमालेबाट मन्त्री बन्ने चार जनाको नामको टुंगो लगाएको हो ।

बैठकले एमाले सांसद एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेललाई मन्त्री बनाउने निर्णय भएको दलका नेता समेत रहेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

एकालाल मकवानपुर-१ को २ बाट निर्वाचित बनेका थिए भने रामेश्वर ललितपुर-२ को १ बाट निर्वाचित भएका थिए । यसैगरी केशव काठमाडौं-९ को २ बाट निर्वाचित भएका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

११ वटा मन्त्रालय रहने प्रदेश सरकारमा सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ४ वटा, नेकपा माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा मन्त्रालय पाउने बताइएको छ ।