३१ आश्विन २०८३, शनिबार

मकवानपुर गोल्डकप माघ २९ गतेबाट

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ९ माघ । पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप यहि माघ २९ गतेबाट हुने भएको छ ।

सोमबार आयोजक जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

संघका अध्यक्ष टिका लामाका अनुसार हेटौंडा-५ स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा दुई वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने छ । फागुन ११ गतेसम्म हुने प्रतियोगितामा आयोजक मकवानपुरसहित मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, थ्रिस्टार, एनआरटी, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, मच्छिन्द्र, सातदोबाटो युवा क्लब, जवलाखेल युथ र एभिनिर एफ सि क्यामरुन क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक फुटबल संघले जनाएको छ ।

जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।