३१ आश्विन २०८३, शनिबार

स्पट फिक्सिङ प्रकरण: क्रिकेटर आदिल अन्सारी र मेहबुब आलम पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंमा सम्पन्न लिगमा स्पट फिक्सिङ भएको खबर सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

सीआईबीले लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो । सम्भवत सीआईबीले आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछ ।

पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।