३० कार्तिक २०८३, सोमबार

पुराना फरारहरु समातिन्छन् मात्र होइन नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छः गृहमन्त्री लामिछाने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना भएपछि उनले अपराधिक मुद्धामा फरार रहेका पुराना अपराधीलाई मात्र नभइ नयाँ अपराधीहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का रहेको उल्लेख गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको समेत बताएका छन् ।

गृहमन्त्री लामिछानेले भनेका छन्ः

पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!