३१ आश्विन २०८३, शनिबार

ब्राजिलका फुटबलर ड्यानी अल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । ब्राजिलका फुटबलर ड्यानी अल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

शुक्रबार ब्राजिलका ३९ वर्षीय ड्यानीलाई यौन दुर्व्यवहारको आरोपमा स्पेनको बार्सिलोनाको एक प्रहरी चौकीमा सोधपुछ गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यौन दुर्व्यवहारको घटना ३१ डिसेम्बरमा बार्सिलोनाको एक नाइट क्लबमा भएको थियो । आफ्ना साथीहरूसँग महिलाले घटनाको बारेमा नाइट क्लबका सुरक्षा कर्मचारीलाई जानकारी गराएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी अधिकारीहरुले घटनास्थलमा पुगेर महिलाको बयान लिएका थिए । ति महिलाले जनवरी २ मा यौन दुर्व्यवहारको लागि आधिकारिक उजुरी दिएकी थिइन् ।

अल्भेसलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

३९ वर्षीय अल्भेस आफ्नो लामो फुटबल करियरमा बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेन लगायतका धेरै क्लबबाट फुटबल खलिसकेका छन् । उनी सफल खेलाडी मानिन्छन् ।  उनी हाल मेक्सिकन क्लब पुमासबाट खेल्दै आएका छन् ।