
काठमाडौं, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको निर्वाचन हुनेछ ।

आज बस्ने संसदको कार्यसूची
उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले र नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उमेदवारी दर्ता गराएकी छन् ।
रानाको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन् ।

यसैगरी यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।












प्रतिक्रिया