
काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् ।
ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् । वंशाणुगत जन्डिस रोगका कारण पीडित भएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत छन् ।















प्रतिक्रिया