
काठमाडौं, ६ माघ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ ।
आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान काठमाडौंको खराब मौसमका कारण चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी कम भएका कारण विमान अवतरण हुन नसकेको र चन्द्रगढी डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
मौसम सफा भएपछि ९ः४५ मा सो विमान झापाबाट काठमाडौंका लागी उडेको बताइएको छ ।











प्रतिक्रिया