
सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता समेत रहेका शर्मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।












प्रतिक्रिया