
काठमाडौं, ६ माघ । स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै मैदानमा आमने सामने भएका छन् ।
गएराती साउदी अरबको रियादमा भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल स्टार्स-११ बीच भएको मैत्रीपूर्ण खेलमा मेस्सी र रोनाल्डो आमने सामने भएका हुन् ।
रियादस्थित किङ्ग फाहद रंगशालामा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्सलाई ५-४ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा पिएसजीको लागि मेस्सी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए भने अल स्टार्सका लागि कप्तान रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरेका थिए ।
खेलको पहिलो हाफमै जुआन बेरनटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो ।
पिएसजी अहिले कतार र साउदी अरेबियाको ‘वीन्टर टुर’ मा छ । पिएसजीको टोली कतार हुँदै साउदी भ्रमणमा पुगेको हो ।















प्रतिक्रिया