३० कार्तिक २०८३, सोमबार

सभामुखको निर्वाचनअघि प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेलबीच भेटवार्ता

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

कांग्रेस नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय जनाएको छ ।

सभामुख चयनको लागि हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

सभामुखको लागि सत्ता गठबन्धनको नेकपा एमालेबाट सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् ।