
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो ।
बैठकमा सभामुखका लागि उम्मेदवारी दिने कि नदिनेबारे छलफल हुने र निर्णय गरिने बताइएको छ ।
आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुँदैछ ।












प्रतिक्रिया