
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न इच्छा व्यक्त गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले आज यस्तो इच्छा व्यक्त गरेको हो । बैठकमा कांग्रेसले ती दुई वटा पदको विषयमा सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको जानकारी गराएको हो ।
यद्यपि, कांग्रेस नेता रमेश लेखकले आफूहरू प्रमुख प्रतिपक्षी दलको हैसियतमा बैठकमा सहभागी भएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड स्वयम्ले राष्ट्रपति र सभामुखको निर्वाचनमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए ।















प्रतिक्रिया