३१ आश्विन २०८३, शनिबार

जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टि

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ माघ । विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टि गरिएको छ ।

पोखराको सेती नदी किनार शान्तिघाटमा मंगलबार दिउँसो हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमपछि उनको शव पोखरा–११, फूलबारीस्थित घर लगिएको थियो । त्यसपछि पोखराको मुस्ताङचोकस्थित नेपाल पत्रकार महासंघ कास्कीको भवन परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

त्यहाँ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका नेता, पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार संगठनका नेतृत्वमा रहेका व्यक्तिहरु, पत्रकार, शुभचिन्तक लगायतले पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । यस्तै १ मिनेट मौनधारण गरिएको थियो ।

माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका ३७ वर्षीय पौडेलका आमा, श्रीमती, दाइ, दुई जना दिदीबहिनी र १ छोरा छन् ।