
म्याग्दी, ३ माघ । आफ्नै बुहारी २८ वर्षीया अनिता रानाको हत्या गरेको अभियोगमा धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया