
काठमाडौं, ३ माघ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले डोलप्रसाद अर्याल र शिशिर खनाललाई मन्त्री बनाउने निर्णय गरेको रास्वपाका एक नेताले जानकारी दिए ।
उनका अनुसार अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिशिरलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने निर्णय भएको छ ।
यसैगरी तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय भएको बुझिएको छ ।
रास्वपाले उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालयको जिम्मेवारी र एक जना राज्यमन्त्री पाउँदैछ ।
यसअघि रास्वपाबाट पार्टी सभापति समेत रहेका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् ।












प्रतिक्रिया