
काठमाडौं, २ माघ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधानसहित तीन/तीन वटा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
आज बालुवाटारमा बसेको उच्चस्तरी राजनीतिक संयन्त्रको बैठकमा भएको सहमति अनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको छ । राप्रपाले ऊर्जा, सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको बताइएको छ ।
यस्तै, रास्वपाले उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालयको जिम्मेवारी र एक जना राज्यमन्त्री पाउने भएको छ । रास्वपाबाट पार्टी सभापति समेत रहेका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् ।
रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने र त्यसमो जिम्मेवारी डा. तोसिमा कार्कीलाई दिइने चर्चा चले पनि रास्वपाका भागमा उक्त मन्त्रालय नपरेको स्रोतको भनाइ छ ।















प्रतिक्रिया