३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति र सभामुख एमालेलाई, सरकारमा उपप्रधानसहित आठ वटा मन्त्रालयको जिम्मेवारी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख नेकपा एमालेलाई दिने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।

उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै निष्कर्षमा नपुगिएको बताइएको छ ।

यस्तै, सरकारमा एमालेले उपप्रधानमन्त्रीसहित आठ वटा मन्त्रालयको जिम्मेवारी र दुई जना राज्यमन्त्री पाउने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहित तीन जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । बाँकी विभागीय र राज्यमन्त्रीको सपथ भोलि हुने भएको छ ।