
काठमाडौं, २ माघ । सत्तासाझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।
सहमति जुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि दिउँसो १ बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको आज सोमबार बसेको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा पाँच घण्टा छलफल भएका थियो ।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गरिसकेका भए पनि भोलि नै सार्वजनिक गरिने बताइएको छ ।















प्रतिक्रिया