३१ आश्विन २०८३, शनिबार

मिर्मिरे लघुवित्तको साधारण सभाले पारित गर्‍यो २३ प्रतिशत लाभांश

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको २३ प्रतिशत लाभांश पारित भएको छ ।

बनेपाको पुल बजारमा केन्द्रीय कार्यालय रहेको कम्पनीको आज भक्तपुरमा सम्पन्न १२औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

सभाले सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहराले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन–२०७८/०७९ पारित गरेको छ ।