३० कार्तिक २०८३, सोमबार

शोक विदामा पनि बागमती प्रदेश सभा बैठक बस्ने, उपसभामुखको लागि निर्वाचन हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ माघ । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले आज शोक विदा दिएपनि बागमती प्रदेश सभाको बैठक सञ्चालन हुने भएको छ ।

आज अपराह्न ३ बजेको लागि बोलाइएको बैठक स्थगित नभएको प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले जानकारी दिए । उनले पूर्वधिारित बैठक तथा उपसभामुखको निर्वाचन निर्धारित समयमै गर्नुपर्ने हुँदा बैठक सञ्चालन गर्ने तयारी रहेको बताए ।

उपसभामुखकोलागि सत्ता गठबन्धनको नेकपा एमालेबाट अप्सरा चापागाईं, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीको तर्फबाट गिता काफ्ले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन माघ २ गते अपराह्न ३ गर्न प्रदेशसभाका सचिव खड्कालाई निर्देशन दिएका थिए ।