३१ आश्विन २०८३, शनिबार

जहाजमा सवार यात्रुका आफन्तलाई सही सूचना दिन कल सेन्टर स्थापना गरिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एनएएनसी एटीआर ७२ जहाजमा सवार यात्रुका आफन्तलाई सही सूचना दिनका लागि सरकारले कल सेन्टर स्थापना गर्ने भएको छ ।

विमान दुर्घटनापछि आज आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठटकले आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि दिएको छ ।

त्यस्तै बैठकले दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको र दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।