३१ आश्विन २०८३, शनिबार

ल्याण्डिङ गर्ने तयारीमा रहेको जहाज सेतीको खोँचमा खस्यो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ माघ । ६८ जना यात्रु लिएर काठमाडौंबाट पोखरा पुगेको यती एयरलाइन्सको एटीआर–७२ विमान अवतरणको क्रममा सेतीको खोँचमा खसेको छ ।

काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई जना पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । जहाज एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेकाहरू जीवित रहने सम्भावना अत्यन्त न्यून रहेको छ ।