३१ आश्विन २०८३, शनिबार

सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात, कुकुरको साथमा देखिए स्टाइलिस लुक्समा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर आज आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले चलचित्रमा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर्ड छन् । चलचित्रमा उनी अगस्त्यको भूमिकामा रहनेछन् ।

चलचित्रका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । उनी स्वयंको लेखन रहेको चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा चलचित्र खिच्ने जिम्मेवारी छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।

चलचित्रमा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ । निर्देशकसहितको टीम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ ।

दुई श्रृंखलामा निर्माण हुन लागेको चलचित्रको दुवै पार्टको स्क्रिप्ट तयार भैसकेको छ । आगामी वैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।

उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन् ।

त्यस्तै, निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे । हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।