३१ आश्विन २०८३, शनिबार

तारा बराल भन्छिन्– पेशेवर महिलाहरूबाट पठाओ राइडरहरू होसियार !

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । सामाजिक अभियन्ताका रुपमा चर्चामा रहेकी तारा बरालले पेशेवर महिलाहरूबाट पठाओ राइडरहरू जोगिनुपर्ने बताएकी छिन् ।

आज शनिबार नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएकी उनले पेशेवर महिलाले अफलाइन राइडरहरूलाई फसाउन सक्नेतर्फ सचेत गराएकी हुन् ।

उनले पठाओ राइडरले अफलाइन राइड गरेर दुर्घटना भएको अवस्थामा त्यसको जवाफदेही सरकार हुन नसकेको पनि बताएकी छिन् । अफलाइन यात्रा चालक र यात्रु दुवैका लागि खतरा हुने उनको भनाइ छ ।

यस्तै, उनले यातायात व्यवसायीलाई बीमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको आरोप पनि लगाएकी छिन् । प्राइभेट अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग विरामी किनबेच गर्ने गरेको र सेटिङको आधारमा एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइते भएकालाई प्राइभेट अस्पतालमा पुर्याउने गरेको उनको आरोप छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफूहरुको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै विभिन्न १६ बुँदे माग सार्वजनिक गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

साथै, मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न र एकद्वार कर प्रणाली लागू गर्न चालक समाजले सरकार समक्ष आग्रह गरेको छ । महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।