३१ आश्विन २०८३, शनिबार

गगन थापा भन्छन्– देश तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा बन्यो, म भए अर्कै बाटो डोर्‍याउँथे

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूले देशलाई अखडा बनाएको बताएका छन् ।

आज शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता संघर्ष ३० वर्षमा २८ सरकारको नालीबेली’ पुस्तकको लोकार्पण समारोहमा महामन्त्री थापाले सत्ता प्राप्तीका लागि नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको टिप्पणी गरेका हुन् ।

थापाले सत्ता कसका लागि र किन भन्ने स्पष्ट नहुँदा समस्या देखिएको बताए ।

‘तीन जना भूतपूर्व प्रधानमन्त्री त्यो एउटा अखडाभित्र कसले कसलाई झुक्याउने, छक्काउने र कसले कसलाई ढाल्ने तीन वटा प्रधानमन्त्रीको क्लबजस्तो भएको छ,’ थापाले भने, ‘मैले भनेको थिएँ, मलाई निर्वाचित गराएर पठाउनुभयो भने कम्तीमा तीन जना प्रधानमन्त्रीहरूको खेलको बीचमा तीन–चार दिन भए पनि सकुँला नसकुँला मेरो ठाउँमा छ । तर, तीन जना प्रधानमन्त्रीहरूको बीचमा भएको खेल, झेल भन्दा फरक प्रसङ्गमा तीन–चार दिन भए पनि डोहोर्‍याउँथे ।’

पत्रकार भण्डारीले लेखेको पुस्तकमा ३० वर्षको दौरानमा सरकार गठनको प्रक्रिया, शक्ति चलखेल लगायतका विषय उल्लेख गरिएको छ ।