
काठमाडौं, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको बताएका छन् ।
आज शनिबार काठमाडौंमा कम्युनिस्ट आन्दोलनका पुराना नेता भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले करिब राष्ट्रिय सहमतिबाटै आफूले सदनबाट विश्वासको मत पाएको र सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको बताएका हुन् ।
सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आएको र प्रतिनिधि सभाको बैठकमा आफूलाई अभूतपूर्व विश्वासको मत प्राप्त भएको उनले बताए । आफूलाई सबैको समर्थन रहनु गौरव र चूनौती ठानेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएकाले बुढीगण्डकी जलविद्युत् आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।
उनले भुवन श्रेष्ठको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको र झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको बताए ।















प्रतिक्रिया