
काठमाडौं, ३० पुस । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गैरकम्युनिष्ट दलहरूले नेपालमा कम्युनिष्टहरूको सर्वस्वीकार्यता बढाइरहेको बताएका छन् ।
पछिल्लो पटक ‘प्रतिनिधि सभामा सबै गैरकम्युनिष्ट दलले कम्युनिस्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिनु नेपालमा कम्युनिष्टहरूको सर्वस्वीकार्यता बढ्नु’ भएको उनको टिप्पणी छ ।
‘प्रतिनिधि सभामा सबै गैरकम्युनिस्ट दलले कम्युनिस्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिनु नेपालमा कम्युनिस्टहरुको सर्वस्वीकार्यता बढ्नु हो । अब कम्युनिस्ट नेता नै राष्ट्रपति हुने सुनिश्चित छ । संसद्, संघ, प्रदेश सबैतिर पुनः कम्युनिस्टहरु नेतृत्वमा आएका छन्,’ रिजालले भने ।
अघिल्लोपटक केही–केही कमजोरीका कारण वामपन्थी सरकार गुमाउनु परे पनि अहिले परिस्थितिले पुनः अवसर प्रदान गरेको नेता रिजालको भनाइ छ । ‘पहिले फुत्किए पनि परिस्थितिले फेरि हामीलाई अवसर दिएको छ,’ उनले भनेका छन्, ‘मुलुकको समृद्धि र विकासको सपना साकार पार्दै जनताको विश्वास जित्ने यस अपूर्व अवसरलाई खेर जान दिएमा सायद इतिहासले माफ गर्ने छैन ।’















प्रतिक्रिया