
काठमाडौं, ३० पुस । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज शनिबार साँझ ६ बजे गर्ने निर्णय भएको छ ।
निर्वाचनको समय तोक्न बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो ।
सभामुखको लागि सत्ता गठबन्धनबाट नेकपा माओवादीका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।
यसअघि प्रदेशसभाको बिहीबार साँझ बसेको बैठकमा दुबैले बहुमत ल्याउन सकेका थिएनन् ।
५३ सदस्सीय रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।
प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य छन् ।












प्रतिक्रिया