३१ आश्विन २०८३, शनिबार

सिँधुवा बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २९ पुस । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीको कारण पत्ता लागेको छैन ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो निभाइएको छ ।

आगलागी अझै पूर्ण नियन्त्रणमा नआइसकेको स्थानीय दीपक खड्काले जानकारी दिएका छन् ।