
काठमाडौं, २९ पुस । नेकपा एमालेको केन्द्रीय स्कुल विभागले पार्टी पंक्तिलाई वैचारिक रूपमा थप सवल बनाउनका लागि कार्यशाला तथा अनुशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
एमालेका उपमहासचिव एवम् विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा हिजो बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले कार्याशाला तथा अनुशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अहिले समाजमा देखा परेको राजनीतिक अस्थिरता, अराजकतालाई सही दिशातर्फ लानका लागि पार्टी पंक्तिलाई वैचारिक रूपमा सवल बनाउनुपर्ने आवश्यकता बोध गर्दै शुरु गरिएको प्रशिक्षणलाई घनिभूत रूपमा सञ्चालन गर्नका लागि केन्द्रिकृत रूपमा जिल्ला र प्रदेशका पार्टी स्कुल विभाग प्रमुखहरूबीच दुईदिने कार्यशालाको आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।
त्यसैगरी विभिन्न दलहरू त्यागी नेकपा (एमाले) मा प्रवेश गरेका नेताकार्यकर्ताहरूका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गर्ने र नियमित स्कुल अन्तर्गत जनसंगठनहरूलाई प्रदान गर्दै आएको प्रशिक्षणलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।















प्रतिक्रिया