
काठमाडौं, २९ पुस । नबिल बैंकको ३८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले बैंक सञ्चालक समितिबाट आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
पारित भएको लाभांश वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक भएको बैंकको भनाइ छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात् बैंकको चुक्ता पूँजी यस वर्ष रू. २७ अर्ब नाघेको छ ।
साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।















प्रतिक्रिया