३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेशको सभामुखका लागि आज निर्वाचन, ३ जना मैदानमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ पुस । बागमती प्रदेशको सभामुखका लागि आज प्रदेश सभामा निर्वाचन हुँदैछ ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचन पछि प्रदेश सभाको सभामुखका लागि आज बिहान ११ बजे निर्वाचन हुने भएको हो ।

सभामुखको लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभामुखको लागि बिहीबार सत्ता गठबन्धनको राप्रपाबाट भुवन पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट सृजना सायजुले उम्मेदवारी दिएका छन् ।

१ सय १० प्रदेश सदस्सीय रहेको बागमतीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको छ । सत्ता गठबन्धनको नेकपा एमालेसँग २७, माओवादीसँग २१, राप्रपासँग १३, नेकपा एकीकृत समाजवादीसँग ७ र हाम्रो नेपाली पार्टीसँग २ जना गरि ७० जना सांसदहरु छन् ।

यसैगरी कांग्रेससँग ३७ जना र नेमकिपासँग ३ जना सांसद रहेका छन् ।