
काठमाडौं, २८ पुस । इमर्जिङ नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा बिहीबार भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी ‘होटेल एलिस द वोण्डर इन लि.’ को आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।
साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।















प्रतिक्रिया