३१ आश्विन २०८३, शनिबार

कांग्रेसले दलहरुसँग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । अप्रत्याशित रूपमा सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले दलहरुसँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको डेरा धुम्वाराहीमा आज बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका विषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग छलफल चलाउने निर्णय गरेको हो ।

पार्टीका सहमहामन्त्री बद्री पाण्डेका अनुसार राष्ट्रपति चयनका विषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नै भएको छैन । पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघलगायत भ्रातृ संगठनलाई पनि पूर्णता दिने विषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिए ।