
सुनसरी, २८ पुस । सुनसरीमा एक ६ वर्षीया नाबालिका बलात्कृत भएकी छिन् ।
उनलाई धरान उप–महानगरपालिका–८ स्थित लांघाली सामुदायिक बनभित्र लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।
नाबालिका बलात्कार आरोपमा प्रहरीले सोही ठाउँ–ठेगाना भएका १९ वर्षीय दिवश धौलाकोटीलाई आज बिहीबार पक्राउ गरेको छ ।
धौलाकोटीले ती बालिकालाई ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित पक्षको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धौलाकोटीलाई पक्राउ गरेको बताइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया