
काठमाडौं, २८ पुस । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका शर्मालाई प्रदेश प्रमुख तिलक परियारले सपथ गराएका हुन् । मुख्यमन्त्री शर्मासँगै दुई विना विभागिय मन्त्रीले पनि सपथ लिएका छन् ।
मन्त्री बन्नेहरुमा माओवादी केन्द्रका मंगल शाही र एमालेका विनोदकुमार शाह रहेका छन् । शाही मुगु २ बाट निर्वाचित भएका हुन् भने शाह दैलेख २ बाट निर्वाचित भएका हुन् ।















प्रतिक्रिया