१ कार्तिक २०८३, आइतबार

घनश्याम भुसाललाई नेकपा एस प्रवेश गर्ने बाटो खुल्यो, भुसालका प्रस्ताव स्वीकार (पत्रसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टीले घनश्याम भुसालले राखेका प्रस्ताव स्वीकार गर्ने भएको छ ।

गत मंगलबार भुसालले नेकपा एस प्रवेशका लागि पाँच प्रस्ताव राखेका थिए । नेकपा एसले भुसाललाई पत्र लेख्दै प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको हो ।

भुसालले उठाएका विषयहरुलाई सम्बोधन गर्दै समाजवादी महासचिव बेदुराम भुसालले बिहीबार उनलाई उक्त स्वागत पत्र पठाएका हुन्।

नेकपा एमाले परित्याग गरेका भुसालले स्वतन्त्र रुपमा रूपन्देही-१ बाट निर्वाचन लडेका थिए । तर उनी पराजित भए ।

एकीकृत समाजवादीले भुसालको प्रस्ताव स्वीकार गरेसँग अब एक/दुई दिनभित्रै भुसाल नेकपा एस प्रवेश गर्ने बताइएको छ ।