
मकवानपुर, २८ पुस । मकवानपुरको हेटौंडा-११ थानाभर्याङबाट लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
बुधबार विशेष सूचनाको आधारमा प्रहरी टोलीले मनहरीबाट हेटौंडा आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा ७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-१ बस्ने ६० वर्षीय डिलबहादुर चेपाङ र १९ वर्षीय प्रकाश चेपाङ रहेका छन् ।
डिलबहादुरले बोकेको झोलाबाट ५ किलो ७०० ग्राम र प्रकाशले बोकेको झोलाबाट १ किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया