
काठमाडौं, २७ पुस । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन् ।
एमाले सुदूरपश्चि प्रदेश संसदीय दलका नेतासमेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेश गरेका हुन् । रावललाई २९ सांसदको समर्थन रहेको छ ।
एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसदले उनलाई समर्थन गरेका हुन् ।















प्रतिक्रिया