
काठमाडौं, २७ पुस । पहिलो संस्करणको नेपाल टी-ट्वेन्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
बुधबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।
विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए । प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनीले उपाधि जितेको हो। उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ ।
तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।















प्रतिक्रिया