
काठमाडौं, २६ पुस । नेकपा एमालेले विज्ञान तथा प्रविधि क्षेत्रका विज्ञहरूको भेला गर्ने भएको छ ।
पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले भेला आयोजना गर्न लागेको हो । विभागको आज मंगलबार बसेको बैठकले आगामी फागुनको दोस्रो साता भेला आयोजनागर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा बसेको बैठकले डिजिटल नेपालको अवधारणा कार्यान्वयनका निम्ति राष्ट्रिय गोष्ठी आयोजना गर्ने निर्णय पनि गरेको विभागका सचिव सञ्जिव रोकाले जानकारी दिए ।
बैठकलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।















प्रतिक्रिया