३१ आश्विन २०८३, शनिबार

वर्तमान आर्थिक सङ्कट समाधान गर्न दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक : प्रधानमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएको वर्तमान आर्थिक सङ्कट समाधान गर्न दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सहमतिको राजनीतिलाई अघि बढाउने प्रतिवद्धता जनाउँदै सहमतिमा अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरेका छन् ।

राष्ट्रिय सङकटको बेला राजनीतिक दल मिलेको र मिलेर अघि बढ्दा मात्रै देश अघि बढ्ने बताउँदै उनले मुलुकमा देखिएको आर्थिक सङ्कटलगायतका समस्यामा समाधानका लाथि अर्थपूर्ण सहकार्य आवश्यक रहेको औंल्याएका हुन् ।

आफूले देश र जनताका लागि गर्ने कामको फेहरिस्त प्रस्तुत गर्दै क्यालेण्डर र टाइमकार्ड बनाएर कार्यक्रमहरु कार्यान्वयन गर्ने प्रचण्डले बताए । कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य नभएको भन्दै प्रचण्डले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइने दाबी गरे ।

उनले आफुले लिएका लक्ष्य सरकारका घटकमात्र नभई सिङ्गो संसदलाई साथसाथै लैजान सकेमात्र पूरा हुने बताए । संसदमा पूर्ण विश्वास र आपसी सद्भावको वातावरणको पक्षमा आफू रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले यसपटक पनि संसदको विभाजन नहोस् र देशले एकता र सहकार्यको सन्देश प्राप्त गरोस भन्नका लागि बिना कुनै पूर्वाग्रह सबै राजनीतिक दलहरूसँग सहकार्यका लागि प्रतिबद्ध रहेको जिकिर गरे ।

तेस्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र मात्र आफू नउभिएको भन्दै उनले संसदमा उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने बताए ।