३१ आश्विन २०८३, शनिबार

लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन प्रधानमन्त्रीलाई कांग्रेसको मत : शेरबहादुर देउवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन र संविधानलाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन लागिएको बताएका छन् ।

सरकारलामई विश्वासको मत दिएर कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने उनले स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा देउवाले संविधानको रक्षाका लागि उभिने विश्वासका साथ सरकारलाई समर्थन गरेको बताएका हुन् ।

प्रतिपक्षमा रहेर गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने धारणा देउवाको छ ।

महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनितिक दलहरुबीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुगर्नेमा कांग्रेसको दृढ मत गरेको उनले बताए ।

संविधानको रक्षा गर्नु र संविधानको सार्थक कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसका लागि सहकार्य र सहमति आवश्यक रहेको सभापति देउवाको भनाइ छ ।

उनले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।